आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रथ तान्ने नाममा प्रहरीदेखि पत्रकारमाथि हातपात, फोटोपत्रकार क्लबद्वारा आपत्ति

रथ तान्ने नाममा प्रहरीदेखि पत्रकारमाथि हातपात, फोटोपत्रकार क्लबद्वारा आपत्ति

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 8.6K
    SHARES

  • रथ तान्ने नाममा प्रहरीदेखि पत्रकारमाथि हातपात, फोटोपत्रकार क्लबद्वारा आपत्ति

    ललितपूर- प्रशासनको अनुमतिबीना ललितपूरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने स्थानीयहरुले प्रहरी, सर्वसाधरणदेखि पत्रकारहरुमाथि समेत हातपात गरेका छन् ।

    पुल्चोकमा भेला भएका स्थानीय र प्रहरीका बिचमा भएको झडपको तस्बिर संकलन तथा सम्प्रेषण गर्न गएका फोटोपत्रकारहरु मध्ये एजेन्सी फ्रान्स प्रेस (एएफपि)का प्रकाश माथेमा, एशोसियटेड प्रेस (एपी)का निरन्जन श्रेष्ठ , अन्नपूर्ण पोस्टका सुनिता डंगोल, द हिमालयन टाईम्सका स्कन्द गौतम र प्रतिक रायमाझी घटनामा घाईते भएका हुन् ।

    यसरी पत्रकारहरुमाथि नै आक्रमण हुने किसिमका गतिविधिहरुप्रति फोटोपत्रकार क्लब, नेपालले आपत्ति जनाएको छ । क्लबका प्रवक्तटा दिपेश श्रेष्ठले विज्ञप्ती जारी गर्दै यस्तो अवस्थाको विरोध गरेका हुन् ।

    यस्तो छ क्लबले जारी गरेको विज्ञप्ती:

    प्रेस विज्ञप्ति

    ललितपुरको पूल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार पुल्चोकमा भेला भएको स्थानीय र प्रहरीका बिचमा भएको झडपको तस्बिर संकलन तथा सम्प्रेषण गर्न गएका फोटोपत्रकारहरु मध्ये एजेन्सी फ्रान्स प्रेस (एएफपि)का प्रकाश माथेमा, एशोसियटेड प्रेस (एपी)का निरन्जन श्रेष्ठ , अन्नपूर्ण पोस्टका सुनिता डंगोल, द हिमालयन टाईम्सका स्कन्द गौतम र प्रतिक रायमाझी घाईते भएका छन् ।

    चौथो अंगको रुपमा मानिएको संचार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेशण गर्न पाउने बाताबरण बनाउन र संयमित भई सहज बतावरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब, नेपाल आग्रह गर्दछ ।

    दिपेश श्रेष्ठ

    प्रवक्ता

    फोटो पत्रकार क्लब, नेपाल ९८५११२९७००

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०५:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend