काठमाडाैं- काठमाडाैं उपत्यकामा निषेधाज्ञा अटेर गर्दै ललितपुरको बालकुमारीमा डियुटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको छ ।
महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका यात्रुलाई सोधपुछ गर्न खोज्दा पैदल यात्रुले हातपात गरेका हुन् ।
प्रहरीमाथि हातपात गर्ने पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ का २५ वर्षीय नविन तामाङ र सोही ठाउँका अर्का किशोर छन्।
कुटपिटबाट घाइते भएका २ जना प्रहरी बीएण्डबी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।