काठमाडौं- उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट थप एक व्याक्तिको मृत्यु भएको छ । मुत्यु हुनेमा काठमाडौंका ६० वर्षीय पुरुष रहेका छन् ।
पाटन अस्पताल ललितपुरमा उपचार गराइरहेको उक्त कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतक पुरुषले साउन २० गतेदेखी पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।
उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । यस्तै आज नै काठमाडौं उपत्यकामा १ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।