पर्सा- कोरोना भाइरसको संक्रमण बढ्दै गएको पर्सामा निषेधाज्ञा जारी गरिएको छ ।
दिनानुदिन कोरोना संक्रमित थपिदै गएपछि निषेधाज्ञालाई थप कडाई गरिएको हो ।
तर, मानिसहरुले निषेधाज्ञाको अवहेलना गरेपछि सेना परिचालन गरिएको छ । सेना परिचालन गरेमा मानिसहरुको आवागमनमा नियन्त्रण गर्न सकिने प्रशासनले जनाएको छ ।
कोरोना संक्रमित बढ्दै गएपछि वीरगञ्जमा गएको साउन १० गतेदेखि निषेधाज्ञा जारी रहेको छ भने साउन १९ गतेबाट जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।