काठमाडौं-आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा १ सय ७२ जनामा कोरोना संक्रमण दखिएको बताएका छन्
उपत्यकामा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १७२, ललितपुरका ३८ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तैपछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा संक्रमण पुष्टिभएसँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ हजार दुई सय ४७ जनाको नमुना पिसिआर बिधिबाट परीक्षण गरिएको हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाम गरिएको परीक्षणमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज एक सय ३४ जना निको भएर डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या नौ हजार दुई सय २१ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।