काठमाडौं । काठमाडौं छिर्ने प्रकृया खुकुलो बनेको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आज बसेको बैठकले काठमाडौं उपत्यका छिर्न पहिला भन्दा खुकुलाे नयाँ निर्णय गरेको हो ।
अब, अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिइने भएको हो । यसअघि अत्यावश्यक काम बाहेक उपत्यका छिर्न नमिल्ने स्थिती रहेको थियो ।
आज बसेको सीसीएमसीको बैठकले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।
त्यस्तै आज आज बस्ने मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा समेत निर्णय गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले न्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय हुनसक्ने बताएका हुन् ।
सीसीएमसीको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । यसबाट आन्तरिक उडान खुला हुन सक्ने सम्भावना देखिएको हो ।
विमानस्थलका कर्मचारीहरुको सुरक्षाका विषयमा समेत बैठकमा निर्णय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।