काठमाडौं- कोरोना भाइरसको माहामारीका बेला सरकारी वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजनीनामा दिएका छन् ।
वीर अस्पताल इमर्जेन्सी विभाग मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् । डाक्टरहरुका विभिन्न समस्याको समाधानको माग पुरा नभएका कारण उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।
१६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्र जारी गर्दै राजीनामा दिएका छन् । उक्त राजीनामापत्रमा उल्लेख छ, “समस्याहरुको माग निरन्तररुपमा पेस गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दसैंतिरहा भत्ता नदिने, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं, । ”
त्यस्तै “उल्लेखित स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुनेछ ।” राजीनामापत्रमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।