बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

देशभर भयानक रुपमा कोरोना बढ्दै, स्वास्थ्य मन्त्रालयले चाल्यो यस्तो कदम

देशभर भयानक रुपमा कोरोना बढ्दै, स्वास्थ्य मन्त्रालयले चाल्यो यस्तो कदम

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १३ २०७७

  • 5.1K
    SHARES

  • देशभर भयानक रुपमा कोरोना बढ्दै, स्वास्थ्य मन्त्रालयले चाल्यो यस्तो कदम

    काठमाडौं- अबको केही समय नेपालभर कोरोना भाइरसको संक्रमण बढ्दै जाने अनुमान गरिएको छ । दसैँपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा र तिहारका लागि फर्किने एवं दशैंका लागि गएकाहरुबाट संक्रमण बढ्ने भएको हो ।

    यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारी सँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन्।

    दसैँ सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ। उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो।

    विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ। सार्वजनिक यातायात मार्फत उपत्यका भित्रिनेहरुमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ।

    यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend