आइतवार, कार्तिक १६ २०७७Nov 01 2020

Logo
images
images

उपचार गर्ने बेड नपाएर छटपटिँदै बिरामी :ओली सरकारालाई भागवण्डाकै चिन्ता !

उपचार गर्ने बेड नपाएर छटपटिँदै बिरामी :ओली सरकारालाई भागवण्डाकै चिन्ता !

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 960
    SHARES

  • उपचार गर्ने बेड नपाएर छटपटिँदै बिरामी :ओली सरकारालाई भागवण्डाकै चिन्ता !

     काठमाडौं - रुपन्देहीका कुनै पनि अस्पतालमा आईसीयू बेड खाली नहुँदा बुटवल–११ का कोरोना संक्रमित ८४ वर्षीय पुरुषको दाङको बेलझुन्डी लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । त्यसै दिन स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो ।

    गम्भीर अवस्था भएकाले अस्पतालले आईसीयूमा राख्नुपर्ने बताएपछि उनलाई दाङ रिफर गरिएको थियो । दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत रूपन्देहीको तिलोत्तमा–३ की ६६ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भयो । उनलाई पनि लुम्बिनी प्रादेशिक अस्पतालले रिफर गरेपछि शुक्रबार राति बेलझुन्डी पुर्‍याइएको थियो । देवदह नगरपालिका–५ का ८७ वर्षीय एक पुरुषलाई बुधबार खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखियो । परिवारले भोलिपल्ट लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर जाँच गराउँदा कोरोना पोजिटिभ नतिजा आयो ।

    images
    images

    उनको अस्पतालको फिभर क्लिनिकमै अक्सिजन दिएर उपचार सुरु गरिएको छ । तर अस्पतालको फिभर क्लिनिक र बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा बेड खाली नभएको भन्दै अन्यत्र लैजान दबाब दिएको संक्रमितका छोराले बताए । अस्पताल नजिकका अन्य दुई कोभिड अस्पतालमा समेत बेड अभाव रहेको जनाएर छिटो सार्न भनेपछि परिवारका सदस्य आत्तिएका छन् । यस्तो अवस्थामा बुबालाई कुनै पनि अस्पतालले भर्ना लिन नमान्ने र टाढा लैजाने अवस्था नरहेको संक्रमितका छोराले गुनासो गरे । ‘हिँड्न सक्नु हुन्न,’ उनले भने, ‘अक्सिजन निकाले स्वास्थ्यमा समस्या हुन्छ ।

    अब कसरी कहाँ लैजाऊँ?’ एक साताअघि तिलोत्तमा–६ का ४४ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएर पीसीआर परीक्षण गरियो । नतिजा कोरोना पोजिटिभ आयो । बेड नभएपछि उनलाई अन्त लैजान सल्लाह दिए । परिवारका सदस्यले घर लगेर अक्सिजन दिएर होम आइसोलेसनमा राखे । बुधबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई पुनः अस्पतालमा भर्ना गरिएको छ । यी त केही उदाहरण हुन्, पछिल्लो समय अस्पतालहरूमा आईसीयू बेड अभाव लगायतका कारण बिरामीहरूले सास्ती खेप्नुपरिरहेको छ ।

    लुम्बिनी प्रदेश सरकारले संक्रमितको उपचारका लागि प्रदेशभरिका कोरोना विशेष भनेर चार अस्पताल छुट्याएर परीक्षण र बिरामी व्यवस्थापनको जिम्मेवारी दिएको छ । प्रदेशमा रहेका मेडिकल कलेजमा समेत संक्रमित बिरामीको उपचार गर्न सरकारले निर्देशन गरेको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, कोरोना अस्पताल बेलझुन्डी दाङ र भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमितको उपचार जारी छ । लुम्बिनी मेडिकल कलेज पाल्पा र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रूपन्देहीमा पनि संक्रमितको उपचार भइरहेको छ । कान्तिपुर दैनिकमा सन्जु पौडेलले खबर लेखेकी छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०३:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology