बुधवार, आश्विन २८ २०८३Oct 14 2026

Logo
images images

कांग्रेस महिला केन्द्रीय सदस्यमा बासना थापाको दबदबा, ३ हजार ४८४ मतसहित फराकिलो अग्रता

कांग्रेस महिला केन्द्रीय सदस्यमा बासना थापाको दबदबा, ३ हजार ४८४ मतसहित फराकिलो अग्रता

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०८३

  • 834
    SHARES

  • कांग्रेस महिला केन्द्रीय सदस्यमा बासना थापाको दबदबा, ३ हजार ४८४ मतसहित फराकिलो अग्रता

    काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला केन्द्रीय सदस्यतर्फको मतगणनामा बासना थापाले फराकिलो अग्रता कायम गरेकी छन्। केन्द्रीय सदस्यका १५ पदका लागि भइरहेको निर्वाचनमा थापा अन्य प्रतिस्पर्धीभन्दा धेरै मतले अगाडि देखिएकी हुन्।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार ४ हजार ६८९ मत गणना हुँदा बासना थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्।

    दोस्रो स्थानमा रहेकी उर्मिला थपलियाले २ हजार ६४७ मत प्राप्त गरेकी छन् भने निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कुसुमदेवी थापाले २ हजार १२९ र धना कुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेका छन्।

    अन्य उम्मेदवारमध्ये अनिता देवकोटाले १ हजार ९३०, विनिता खड्काले १ हजार ८९२, लक्ष्मी पाण्डेले १ हजार ७७२, सृजना अधिकारीले १ हजार ७६२ र मुना भुसालले १ हजार ६३२ मत प्राप्त गरेका छन्।

    यसैगरी, चिनी पोखरेल (चिनु) ले १ हजार ५६४, रिता थापा मगरले १ हजार ५१०, कान्तिका सेजुवालले १ हजार ४८१, उमा दाहालले १ हजार ४५८ र निर्मला तामाङ बस्नेत (नीरु) ले १ हजार ४२४ मत पाएका छन्।

    अकला गुरुङले १ हजार ३३८, सम्झना खत्रीले १ हजार २५६, गंगा शाही र निर्मला क्षेत्रीले समान १ हजार २२२ तथा गीता सत्यालले १ हजार १६७ मत प्राप्त गरेका छन्।

    जमुना ढकालले १ हजार १६०, इन्दिरा चौलागाईंले १ हजार ४१, गण्डकी थापा अधिकारीले १ हजार ३० र भगवती काफ्ले भण्डारीले १ हजार १९ मत प्राप्त गरेका छन्।

    त्यस्तै, नम्रता बरालले ९६७, राधिका कटुवालले ९६६, सुमित्रा कुमारी बमले ९४४, रिता सेन ओलीले ८८९, तुलसी देवकोटाले ८६२, पवित्रा कुमारी अर्यालले ८१७, भवानी देवकोटाले ७९९ र यस्मिन ढुंगानाले ७७५ मत प्राप्त गरेका छन्। मतगणनामा विष्णु कुमारी सापकोटाले ५६९ र मोदती केसीले ५५० मत पाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०८३११:५०:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend