काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५ सय ३० जनको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ । यसमध्ये ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो परीक्षणको गरिएकामध्ये करिब २८ प्रतिशत हो ।
अर्थात कुल परीक्षणको झण्डै १ तिहाइलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । यसको मतलब काठमाडौं उपत्यका लगायत देशभर अत्यधिकरुपमा कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गर्न सकिन्छ ।
यसमाथि पनि यदि संकलित स्वाब छेसमिसेरुपमा संकलन गरिएको हो भने त, कोरोना भाइरसको संक्रमण झनै बढी फैलिइसकेको अनुमान गर्न सकिन्छ ।
यद्यपी सरकारले अति गम्भीररुपमा कन्ट्याक्ट ट्रासिंग गरेर स्वाब संकलन गरेको हो भने यसलाई केही न्युन रुपले हेर्न सकिन्छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ७३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ६ सय ४५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।