काठमाडौं - आइतबार मात्रै नेपालमा कोरोना भाइरस संक्रमित २८ जनाको मृत्यू भएको छ,। सरकारले नियमित प्रेस ब्रिफिङमा २२ जनाको मृत्यू भने पनि साँझसम्म थप ६ जनाको मृत्यू भएको हो। यो संख्या अहिलेसम्मकै धरै हो।
आइतबार मृत्यू हुनेहरु काठमाडौंका ५, रुपन्देही र सुनसरीका ४/४, चितवनका ३, बाँके र भक्तपुरका २/२, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, सुर्खेत, सप्तरी, धनकुटा र कैलालीमा १/१ जनाको मृत्यू भएको हो। ज्यान गुमाउनेमा १२ जना महिला छन्। बाँकी सबै पुरुष हुन्।
उनीहरु ४० देखि ९८ वर्ष उमेर समूहका छन्। नेपालमा पछिल्लो हप्ता कोरोना भाइरसको संक्रमण दर र मृत्यूदर दुवै बढिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।