काठमाडौं- काठमाडौंबाट पछिल्लो २१ दिनमा करिब ४ लाख नागरिक बाहिरिएका छन् । यद्यपी भित्रिनेको संख्यामा समेत कमी आएको छैन्, सोही संख्यामा भित्रिएका पनि छन् ।
काठमाडौंमा कोरोना भाइरसको संक्रमित संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । तरपनि पछिल्ला २१ दिनमै ३ लाख ७२ हजार ७ सय ६० मानिस भित्रिएका छन्।
त्यस्तै ३ लाख ९३ हजार ८ सय २७ जनाले उपत्यका छोडेका छन्। यद्यपी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मानिसहरु भित्रिने र बाहिरिने गरेका छन् । भित्रिनेमा बढीजसो तराइजिल्लाका एवं भारतीय नागरिक रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।