सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बिरामी बेहोस हुने अवस्था आए मात्रै अस्पताल लैजानु : स्वास्थ्य मन्त्रालय

बिरामी बेहोस हुने अवस्था आए मात्रै अस्पताल लैजानु : स्वास्थ्य मन्त्रालय

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 11.3K
    SHARES

  • बिरामी बेहोस हुने अवस्था आए मात्रै अस्पताल  लैजानु : स्वास्थ्य मन्त्रालय

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई बेहोस भएमा वा बेहोस हुन लागेमा तथा श्वास फेर्न गाह्रो भएमा मात्र अस्पताल आउन आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कुनै पनि विरामीलाई सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान भनेका हुन् ।

    पछिल्लो समय सामान्य ज्वोरो, रुघा खोकी लाग्दा पनि अस्पताल जानेको संख्या बढेको भन्दै उनले त्यसो नगर्न पनि भने।

    ‘सामान्य ज्वरो र रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको हुँदा सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान अनुरोध छ,’ उनले भने। उनले अहिलेकै जसरी संक्रमित बढे काठमाडौंका अस्प्तालमा संक्रमितहरुको व्यवस्थापन गर्न नसकिने पनि बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend