काठमाडौं- उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १५ सय ३१ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १३,७८१ जनाको पीसीआर भएको छ भने हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर भइसकेको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय ३३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । दैनिक मृत्यु हुनेमा यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै देशभरकुल मृतकको संख्या ५ सय ५४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।