बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना परीक्षणमा अर्काे सफलता, नेपालमा अब २ घण्टामा नतिजा आउने

कोरोना परीक्षणमा अर्काे सफलता, नेपालमा अब २ घण्टामा नतिजा आउने

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०७७

  • 7.4K
    SHARES

  • कोरोना परीक्षणमा अर्काे सफलता, नेपालमा अब २ घण्टामा नतिजा आउने

    चितवन-  चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिन थालेको छ। अस्पतालले  र्या‍पिड एन्टिजेन टेस्ट मार्फत छिटो नतिजा दिन आइतबारदेखि सो सेवा सुरुआत गरेको हो। यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ।

    कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पीसीआर परीक्षण गरेको छ। तीमध्ये ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कलेजले गत भदौ ३ गतेबाट पीसीआर परीक्षण थालेको हो। 

    कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार संक्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन्। कूल संख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो।

    संक्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ। अस्पतालले २२१ जना संक्रमितको उपचार गरिसकेको जनाएको छ। हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन्। उनका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ। अन्यको अवस्था सामान्य छ। अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन्।

    कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले रु चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए। नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उनको भनाइ छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend