बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालका यी ७ जिल्ला जुन कोरोना संक्रमणमुक्त भए, तपाइको पनि पर्याे कि ?

नेपालका यी ७ जिल्ला जुन कोरोना संक्रमणमुक्त भए, तपाइको पनि पर्याे कि ?

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 6.7K
    SHARES

  • नेपालका यी ७ जिल्ला जुन कोरोना संक्रमणमुक्त भए, तपाइको पनि पर्याे कि ?

    काठमाडौं- नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढीरहेको छ । हालसम्म नेपालमा ७२ प्रतिशत निको भइसकेका छन् ।  

    त्यस्तै हाल नेपालका ७ जिल्ला कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुस्ताङ, सोलुखुम्बु, रसुवा, म्याग्दी, डोल्पा, मुगु र हुम्ला कोरोना संक्रमण मुक्त भएको बताएका हुन् ।

    त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। जसमा पुरुष ७९६ र महिला ४७८ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा १४ सय ४७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार २ सय ६७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४०१ पुगेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend