काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर काठमाडौं उपत्यकामा पछिल्लो ७ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लाका पाँच सय ७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पछिल्लो २४घण्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म संक्रमित हुनेको संख्या ६२ हजार सात सय ९७ पुगेको छ ।
विगत २४ घन्टामा १४ सय ४७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसमेत हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार दुई सय ६७ पुगेको छ ।
संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । हाल सक्रिय संक्रमित भने १७ हजार एक सय २९ मात्र छन् । त्यसमध्ये नौ हजार एक सय ५३ जना संस्थागत र सात हजार नौ सय ७६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये एक सय ७९ जनाको आइसियू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।
कुन जिल्लामा कति:



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।