बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अक्सफोर्डको खोप लगाएकाहरूमा समस्या, परीक्षण राेकियाे

अक्सफोर्डको खोप लगाएकाहरूमा समस्या, परीक्षण राेकियाे

  • एजेन्सी
  • बुधवार, भाद्र २४ २०७७

  • 4.6K
    SHARES

  • अक्सफोर्डको खोप लगाएकाहरूमा समस्या,  परीक्षण राेकियाे

    अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षण गरिएका सहभागीहरुमा नयाँ किसिमको समस्या देखिएसँगै खोपको परीक्षण रोकिएको छ । अक्सफोर्डसँग मिलेर प्रसिद्ध बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको खोपले, खोपलगाइएकाहरुमा नचिनिएको समस्या उत्पन्न गराएको हाे ।

    कुनै पनि खोपको निमार्ण गर्नका लागि वर्षाैंको समय लाग्छ । कोरोना भाइरसको माहामारीका कारण विश्वका धेरै औषधि कम्पनीहरुले खोप विकासको दौड लगाएका छन् ।

    यद्यपी निकै नै सफल मानिने अक्सफोर्डले विकास गरिरहेको खोपमै समस्या देखिएपछि, कोरोनाविरुद्धको खोप आउँन अझैं केही समय लाग्ने आशंका समेत गरिएको छ । तर, अस्ट्रोजेनेकाका प्रवक्ताले भने खोप विकासका क्रममा यस्तो सानो तिनो समस्या आउँने सामान्य रहेको र खोप विकासको काम जारी रहेको बताएका छन् ।

    रुसले दाबी गरेको कोरोना भाइरसको खोप भने  अन्तिम चरणको पहिलो परीक्षणमा सफल देखिएको भनिएको छ । तर, पनि विज्ञहरुले आशंका व्यक्त गरेका छन् । त्यसकारण कोरोना भाइरसको खोप तत्काल नै आउनेमा दुईमत देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend