विश्व कोरोना भाइरसको माहामारीको संकटमा रहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अर्काे माहामारीका लागि तयार रहनुहोस् भन्दै चेतावनी दिएको छ ।
सन् २०१९ को नोबेम्बर-डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको माहामारी अझैं नियन्त्रणको अवस्थामा छैन । यसबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस सोमबार संसारले अर्को महामारीको लागि राम्रोसँग तयार रहनुपर्ने बताएका हुन् ।
ब्लुएचओको जेनेभास्थित मुख्यालयको नियमित प्रेस ब्रिफिङमा टेड्रोसले भने, ’कोरोनाभाइरस संसारको अन्तिम महामारी होइन, इतिहासले प्रकोप र महामारी जीवनको एक तथ्य हो भनेर सिकाएको छ।’ त्यसैगरी, संसारमा अब अर्को महामारी आउँछ त्यसको लागि विश्वले अझैँ थप शसक्त भएर तयार रहनु पर्ने उनले बताएका हुन् ।
हुनत, कोरोना भाइरसको माहामारीपछि अहिले संक्रमित एवं मानसिक समस्याको ठूलो संकट उत्पन्न हुने विज्ञहरुको अनुमान छ । यसबीच डब्लुएचओले भने अर्काे माहामारीको चेतावनी दिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।