आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

समुदायमा कोरोना फैलिएको पुष्टि, आजबाट पूर्णरुपमा सिल  

समुदायमा कोरोना फैलिएको पुष्टि, आजबाट पूर्णरुपमा सिल  

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 6.9K
    SHARES

  • समुदायमा कोरोना फैलिएको पुष्टि, आजबाट पूर्णरुपमा सिल  

    सल्यान- सल्यानको छत्रेश्‍वरी गाउँपालिका- ५ मा पहिलो पटक ट्राभल हिस्ट्री नभएका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको हो ।

     समुदायमा कोरोना संक्रमण देखिएपछि छत्रेश्‍वरी गाउँपालिकाले वडा न ५ पूर्णरुपमा सिल गरेको छ। शनिबार बिहान ५ बजेदेखि भदौ २७ गते राती १२ बजेसम्मको लागि वडा सिल गरिएको हो। 

    संक्रमित व्यक्तिको सम्पर्कका आएका व्यक्तिहरुको खोजी गर्न वडा सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए।  वडा नं ५ का सबै क्षेत्रहरुमा अत्यावश्यक सेवा र साधनहरु बाहेकका सम्पूर्ण सवारी साधन, र पसल(व्यवसाय सञ्चालन तथा हिँडडुल समेत पूर्ण निषेध गरिएको गाउँपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend