बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोभिड-१९ खोप कूटनीतिमा भारतको बृहत्तर योजना

कोभिड-१९ खोप कूटनीतिमा भारतको बृहत्तर योजना

  • एजेन्सी
  • मंगलवार, भाद्र १६ २०७७

  • 3.7K
    SHARES

  • कोभिड-१९ खोप कूटनीतिमा भारतको बृहत्तर योजना

    नयाँ दिल्ली - कोरोना महामारी बढ्दै गएसँगै यसविरुद्धको खोपको विकासमा पनि विभिन्‍न मुलुकहरुले काम गरिरहेका छन् । जसमा भारतले पनि खोप विकासको कामलाई तीव्रता दिइरहेको छ । भारतले खोप विकास, उत्पादन र वितरणमा विभिन्‍न पाँच तरिकलाई अवलम्बन गरेको छ । 

    जसमा नि: शुल्क खोपदेखि आपूर्ति सुनिश्‍चितता, जसमा भारतले छिमेकी मुलुकदेखि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुलाई सहयोग गर्ने योजनामा रहेको एक अधिकारीले बताए । विश्‍वमा विकास भइरहेका खोप उत्पादक र विभिन्‍न मुलुकसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ भारतले यस्तो निर्णय गरेको जनाइएको छ । 

    भारतीय कम्पनीहरूले दुईवटा कोरोनाविरुद्धका खोपको विकासमा काम गरिरहेका छन् । जुन हाल 'क्लिनिकल परीक्षण'मा छन् । यद्यपि यी खोपहरुको बृहत उत्पादन गरिने र यसमा भारतको पुणेमा रहेको सीरम इन्स्टिच्यूट अफ इंडिया (एसआईआई) द्वारा निर्मित खोप पनि समावेश हुनसक्ने  जनाइएको छ । 

    खोप विकास गरिसकेपछि कसरी उत्पादन र वितरणलाई थaप व्यवस्थित र सुदृढ बनाउने भन्‍ने विषयमा अझै छलफल चलिरहेको ती अधिकारीले बताए । जस्तो कि  कुनै पनि प्लेटफर्मलाई भारतले आपूर्तिको अधिकार दिएमा त्यो आपूर्तिकर्ताले सम्झौताको सम्मान गर्दै कहाँ खोप बिक्री गर्ने र कहाँ नगर्ने भन्‍ने कुरामा भएको सहमतिलाई पालना गर्नुपर्दछ । 

    नीति आयोगका प्रमुख डा. भिके पउलको नेतृत्वमा खोपका बारेमा विज्ञहरुको समूहसँग परामर्श गरेर सरकारी अधिकारीहरुले योजनाको विवरण तयार गरिरहेका छन् । एकपटक तयार र अनुमोदित भएपछि नयाँ दिल्लीले सम्भावित लाभाग्राहीसँग सम्झौतालाई अन्तिम रूप दिने ती अधिकारीहरूले जानकारी दिए । 

    भारतले पहिला कुन छिमेकी र कसलाई उपलब्ध गराउने भन्‍ने विषयमा भारतसँग मिलेर यसबारे अध्ययन गरिरहेका राष्ट्रहरू र संयुक्त राष्ट्रसंघ (यूएन) जस्ता अन्तर्राष्ट्रिय फोरममा भारतको सहयोगी र सहयोगी भूमिका खेल्ने राष्ट्रहरु पहिलो प्राथमिकतामा पर्ने बताइएको छ । यसका लागि विभिन्‍न पाँच मोडेलहरुमा छलफल भइरहेको छ ।

    पाँच मोडेलहरुमा पहिलो नि: शुल्क वितरण गरिने छ । जसमा बंगलादेश, अफगानिस्तान, र अन्य सार्क देश राष्ट्रहरु समावेश हुनेछन् भने केही छिमेकीहरुलाई प्रतिबन्ध लगाउन सकिने छ । ती अधिकारीहरूका अनुसार पाकिस्तनलाई तत्काल खोप उपलब्ध नगराउने विषयमा छलफल भइरहेको छ । किनकी पाकिस्तान चिनियाँ खोपमा निर्भर रहन्छ भन्‍ने भारतको विश्‍वास छ । 

    दोस्रो मोडेलमा भारतका अन्तर्राष्ट्रिय दायित्वहरूको एक हिस्साका रूपमा गरिब देशहरूमा वितरण गरिने र खोपमा भारी अनुदान उपलब्ध गराइने छ । धेरै अफ्रिकी देशहरूले यसबाट फाइदा लिन सक्नेछन् । 

    १५ अगस्तमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुले क्लिनिकल ट्रायललाई मान्यता दिएर प्रमाणित भएपछि आन्तरिक खपतका लागि भारत ठूलो मात्रमा उत्पादन गर्न सक्षम भएको बताएका थिए । “एक होइन, दुई होइन, भारतमा तीनवटा कोरोना भाइरस खोपको परीक्षण भइरहेको छ,” उनले स्वतन्त्रता दिवसको सम्बोधनमा लाल किलाबाट भने । 

    गत साता विदेश सचिव हर्षवर्धन श्रिंगलाले ढाकाको भ्रमणका क्रममा भने, "हाम्रा नजिकका छिमेकीहरू, मित्रहरू, साझेदारहरू र अन्य देशहरुलाई भारतले खोप उपलब्ध गराउने छ ।"

    अक्सफोर्ड एस्ट्राजेनेका खोप - भारतको सेरम इन्स्टिट्यूटले सह-उत्पादक रहेको छ । यो खोप परीक्षणको तेस्रो वा अन्तिम चरणमा छ र विश्वव्यापी खोपको दौडमा अग्रपंक्तिमा रहेको खोपको एक हिस्सा हो । भारतमा अन्य दुई खोपहरु जयदु काडिला र भारत बायोटेक मानव परीक्षणको दोस्रो चरणमा छन् ।

    तेस्रो मोडेलमा अन्तर्गत प्रापक देशहरुले बजार मूल्यमा खोप प्राप्त गर्नेछन् । "जब खोपहरू तयार हुन्छन्, तिनीहरू खुला बजारमा उपलब्ध हुँदैनन्, तर कडा, सरकार-नियन्त्रित च्यानल मार्फत वितरण हुनेछन्। जसका कारण खोप महँगो भएको अवस्थामा गरिब देशहरुले यो खोप किन्‍न सक्ने छैनन् । भातरले त्यस्ता मुलुकहरुलाई अनुदानमा खोप उपलब्ध गराउने छ,” भ्याक्सिन सम्बन्धी रणनीति तयार गर्ने समूहका एक सदस्यले भने । 

    चौथो मोडेल अन्तर्गत, दुई देशहरुलाई दुई भारतमा तेस्रो चरणको परीक्षणमा रहेका खोपहरुको परीक्षणमा सहभागी गराइने भएको छ । र पाँचौं मोडेलमा, भारतले दुई खोपको सह-उत्पादनको लागि केहि देशहरूलाई अवसर प्रदान गर्न सक्छ । जसले गर्दा खोप उत्पादनमा तीव्रता आउने छ । 

    यी सम्पूर्ण रणनीतिको तयारी  डा. पउलको नेतृत्वमा रहेको समिति र केन्द्रीय स्वास्थ्य सचिव राजेश भुषणको अध्यक्षतामा रहेको विज्ञ समितिले तय गर्ने जनाइएको छ । तेस्रो चरणको परीक्षणमा रहेका खोपहरू कहिले भारतमा उपलब्ध हुन्छन् भन्‍ने स्पष्ट छैन । तर, आपतकालीन खोप प्रयोग गर्न सकिने विषयमा छलफल भइरहेकोसमेत जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend