बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतले कोरोना संक्रमण, मृत्यु दुवैमा ब्राजिल र अमेरिकालाई पनि उछिन्यो, अवस्था भयावह 

भारतले कोरोना संक्रमण, मृत्यु दुवैमा ब्राजिल र अमेरिकालाई पनि उछिन्यो, अवस्था भयावह 

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 7.8K
    SHARES

  • भारतले कोरोना संक्रमण, मृत्यु दुवैमा ब्राजिल र अमेरिकालाई पनि उछिन्यो, अवस्था भयावह 

    काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। संक्रमणमा पनि भारतले विश्वका सबै देशलाई उछिनेको छ।

    संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण धेरैको मृत्यु भएको वर्ल्डओमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा एक हजार १३ जनाले ज्यान गुमाएका छन्। ६२ हजार एक सय १७ जनामा संक्रमण पुष्टि भएको छ।

    यसबीचमा भारतपछि मेक्सिकोमा धेरैले ज्यान गुमाएका छन्। मेक्सिकोमा ६ सय ९५, ब्राजिलमा पाँच सय ९३, अमेरिकामा पाँच सय २५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ४७ हजार आठ सय २०, ब्राजिलमा २२ हजार दुई सय १३, मेक्सिकोमा साढे ६ हजारमा संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा विश्वभर चार हजार सात सय ८३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ भने दुई लाख १९ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:२६:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend