आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंमै कम्युनिस्ट वडाध्यक्षले भ्याइदिए ९६ वर्षीया वृद्धाको भत्ता, पोखरेलको पावर लगाएर पीडित थुनाए

काठमाडौंमै कम्युनिस्ट वडाध्यक्षले भ्याइदिए ९६ वर्षीया वृद्धाको भत्ता, पोखरेलको पावर लगाएर पीडित थुनाए

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 51.4K
    SHARES

  • काठमाडौंमै कम्युनिस्ट वडाध्यक्षले भ्याइदिए ९६ वर्षीया वृद्धाको भत्ता, पोखरेलको पावर लगाएर पीडित थुनाए

    काठमाडौं - काठमाडौं उपत्यकाभित्रै कम्युनिस्ट निकट वडाध्यक्षले जितेको वडामा ९६ वर्षीया वृद्ध महिलाको वृद्ध भत्ता किर्ते गरेर झ्वाम पारिदिएको खुलासा भएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको क्षेत्रमा उनकै दलका वडाध्यक्ष मोहन विष्टले वृद्धाको भत्ता हिनामिना गरिदिएका हुन् । वडा नम्बर ४ को गीताञ्जली मार्ग बस्ने ९६ वर्षीया चिजमाया लिम्बूका आफन्तले ‘वरिष्ठ ज्येष्ठ नागरिक महानगर भत्ता’का लागि वडा कार्यालयलाई सोमबार आग्रह गरेका थिए ।

    भत्ता दिनुको साटो वडाध्यक्ष र सदस्यहरू मिलेर प्रहरी लगाएर भत्ता माग्ने वृद्धाका नातीद्वय सुमन लिम्बू र सुरज गुरुङलाई नै दुई दिनदेखि थुनाएर राखेका छन् । भत्ता माग्ने क्रममा वृद्धाका आफन्त र वडाध्यक्ष विष्टबीच भनाभन र धकेलाधकेल भएको थियो । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल निकट मानिने वडाध्यक्ष विष्टले राजनीतिक दवाव लगाएर भत्ता माग्नेलाई नै थुनाएका हुन् ।

    काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने यो वडामा मन्त्री पोखरेल नै प्रतिनिधि सभामा निर्वाचित भएका छन् । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि वृद्धालाई नै लिएर उनीहरू सोमबार वडा कार्यालयमा गएका थिए । वडा कार्यालयमा भत्ता दिइसकेको बताएपछि उनीहरूले आफ्नो नाममा अरूलाई दिएको आरोप लगाएका थिए । वडा कार्यालयमा वृद्धाका आफन्त र पदाधिकारी तथा कर्मचारीबीच विवाद हुँदा कुटाकुट भएको छ ।

    आफ्नो भत्ता गायब बनाएर खाएको भन्दै चिजमाया लिम्बूले मंगलबार वडाध्यक्ष विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुवप्रसाद त्रिपाठीविरुद्ध किर्ते मुद्दामा प्रहरीमा जाहेरी दिएकी छिन् । आफ्नो १२ हजार वृद्ध भत्ता किर्ते गरेर कर्मचारीले लिएको भन्दै उनले जाहेरी दिएकी हुन् । वडाध्यक्ष विष्टले भत्ता वितरण गर्ने क्रममा एउटा व्यक्तिको नाममा अर्काेले हस्ताक्षर गर्दा समस्या भएको बताएका छन् ।

    उनले भने, ‘भत्ता खाएका छैनौँ । हस्ताक्षर गर्दा समस्या देखिएको छ ।’ वृद्धाको भत्ता यसरी किर्ते गरेर लिन मिल्छ र ? भन्ने जिज्ञासामा वडाध्यक्ष विष्टले भत्ता किर्ते गरेर नखाएको दाबी गरे । प्रहरीमा उजुरी परेपछि वडा कार्यालयले लिम्बूको नाममा भत्ता लिएर हस्ताक्षर गरेको विवरण च्यातेको छ । किर्ते मुद्दा दर्ता नगर्न प्रहरीमाथि वडाध्यक्ष विष्टले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलमार्फत दबाब दिएका छन् ।

    महाराजगञ्जका प्रहरी प्रमुख डीएसपी रोशन खड्काले दुई जना युवालाई पक्राउ गरेर अभद्र गरेको विषयमा अनुसन्धान गरिरहेको बताए । ९६ वर्षीया वृद्धाको भत्ता किर्ते गरेर खाएको विषयमा किटानी जाहेरी परेका व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ कि पर्दैन भनेर सोधिएको प्रश्नमा डीएसपी खड्काले अनुसन्धान भइरहेको भन्दै पन्छिन खोजे ।

    उनले आफूलाई यो विषयमा कुनै पनि दवाव नआएको बताए । वृद्धाको भत्ता किर्ते गरेर खाएको विरोधमा नेपाल तरुण दलले वडा कार्यालयविरुद्ध आन्दोलन शुरु गरेको छ । वडा कार्यालयविरुद्ध बृद्धाको परिवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिने तयारी गरेका छन् ।

    105455580_3122003011195125_7552412047634344484_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend