आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०८३

  • 279
    SHARES

  • देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं - देशभर अहिले मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रही केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

    दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्नेछ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

    तराईका भू–भागमा भने आंशिक बदली रहने तथा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हुस्सुका कारण दैनिक जनजीवन तथा यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २१ २०७८११:१७:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend