काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान देशभर सामान्य बदली रहेर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ भने देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा घनघोर वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौंमा आज शुक्रबार दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंको आज शुक्रबारको अधिकतम तापक्रम २९–३१ डिग्री सेल्सियससम्म रहने भएको छ ।
बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गर्ने क्रममा रहेको मौसमविद् नगरकोटीले जानकारी दिएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।