काठमाडौं – अविरल वर्षासँगै आज मंगलबार देशका केही नदीमा पानीको बहाव बढ्ने र केही साना नदीमा बहाव सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान गरिएको छ ।
मंगलबार कोशी र सहायक नदीमा बहाव सामान्य रहने भएको छ ।
नारायणी, कर्णाली र महाकाली जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव केही बढ्ने र केही ससाना नदीमा बहाव सतर्कता तह आसपास पुग्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कन्काई र सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कमला, बागमती लगायत नदीमा बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका ससाना नदी जलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्नसक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
आज मंगलबार कालीगण्डकी, भेरी र सहायक नदी जलाधार लगायत बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर परासी, पाल्पा, कपिलवस्तु अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ ।
आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।
केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्ने अनुमान गरिएकोले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।