आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भोलिदेखि यी ५ प्रदेशमा अति भारी वर्षा, सावधान रहन चेतावनी

भोलिदेखि यी ५ प्रदेशमा अति भारी वर्षा, सावधान रहन चेतावनी

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 6.8K
    SHARES

  • भोलिदेखि यी ५ प्रदेशमा अति भारी वर्षा, सावधान रहन चेतावनी

    काठमाडौं – भोलि बुधवारदेखि मनसुन थप सक्रिय भएर भारी वर्षा र अति भारी वर्षा हुने भएको छ ।

    मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

    विभागले मंगलबार बिहान एक विशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा  भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

    यी प्रदेशहरूको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ । 

    यसअघि मनसुन सुरू हुनबित्तिकै सिन्धुपाल्चोकको ईन्द्रावती र मेलम्ची नदीमा लेदोसहित आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । ठूलो जनधनको क्षति हुँदा सयौं परिवार विस्थापित हुनुका साथै घरबारविहीन समेत भएका छन् । 

    मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको विभागले जनाएको छ । 

    विभागका अनुसार आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ । प्रदेश १, गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ३१ २०७८०७:४६:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend