सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

गोरखाको बाढीप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई अपिल

गोरखाको बाढीप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई अपिल

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०८३

  • 540
    SHARES

  • गोरखाको बाढीप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई अपिल

    काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

    थापाले आज बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले आफू दुःखी भएको बताएका छन्।

    उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

    विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई उद्धार, राहत र आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न अपिल गरेका छन्।

    बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित राख्न र आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकाय तथा स्थानीय समुदायबीच समन्वय आवश्यक देखिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend