आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतले जैविक ग्यास उत्पादन बढाउन गर्‍यो साढे दुई अर्ब डलरको योजना स्वीकृत

भारतले जैविक ग्यास उत्पादन बढाउन गर्‍यो साढे दुई अर्ब डलरको योजना स्वीकृत

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २२ २०८३

  • 129
    SHARES

  • भारतले जैविक ग्यास उत्पादन बढाउन गर्‍यो साढे दुई अर्ब डलरको योजना स्वीकृत

    नयाँदिल्ली - भारतले घरेलु स्वच्छ इन्धन उत्पादन तीव्र रूपमा विस्तार गर्न २.५ अर्ब डलरको जैविकग्यास कार्यक्रम स्वीकृत गरेको छ । मध्यपूर्व युद्धका कारण उत्पन्न अभावले ऊर्जा आयातमा निर्भरता उजागर गरेपछि यो कदम चालिएको हो। दक्षिण एसियाली राष्ट्र विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र दोस्रो ठूलो तरल पेट्रोलियम ग्यास (एलपीजी) खरिदकर्ता हो।

    अमेरिका र इरानबीचको द्वन्द्वका कारण हर्मुज जलमार्गमा लगाइएका प्रतिबन्धका कारण यसले ठूलो अवरोध सामना गरेको छ । भारतले वार्षिक तीन करोड टनभन्दा बढी एलपीजी खपत गर्छ र आफ्नो आवश्यकताको आधाभन्दा बढी आयात गर्छ। बिहीबार जारी सरकारी विज्ञप्तिमा भनिएको छ, “पछिल्लो राष्ट्रिय निर्देशनमा जैविक उर्जा योजना ‘भारतको स्वच्छ ऊर्जा यात्रामा निर्णायक क्षण’ हो।

    यसले फोहोर सङ्कलन, गोबर प्रशोधन र विद्यमान बायोग्यास प्लान्टहरूको विस्तारलाई सहयोग गर्नेछ । “यसले देशको प्रचुर कृषि अवशेष, गाईवस्तुको गोबर, प्रेस मड (उखुको फोहोर), नगरपालिकाको जैविक फोहोर र अन्य जैविक स्रोतलाई स्वच्छ इन्धन, जैविक मल, ग्रामीण आम्दानी र राष्ट्रिय आर्थिक मूल्यमा रूपान्तरण गर्नेछ,” विज्ञप्तिमा भनिएको छ। विश्वको सबैभन्दा बढी जनसङ्ख्या रहेको र तेस्रो ठूलो जीवाश्म इन्धन प्रदूषक भारतले सन् २०७० सम्म कार्बन तटस्थता हासिल गर्ने प्रयासअन्तर्गत ठूलो मात्रामा जैविकग्यास उत्पादनलाई प्रवद्र्धन गरेको छ ।

    सन् १९८० को दशकदेखि नै यसले बायोग्यासलाई कम लागतको ग्रामीण ऊर्जा स्रोतका रूपमा प्रवद्र्धन गर्दै आएको छ र ५० लाखभन्दा बढी ‘डाइजेस्टर’ एकाइहरूलाई अनुदान दिएको छ, जसले कृषि फोहोरलाई खाना पकाउन मिथेन र मलका लागि नाइट्रोजनयुक्त स्रोतमा रूपान्तरण गर्छ । सरकारले गत वर्ष बायोग्यासले सवारी साधन र घरेलु प्रयोगका लागि तरल ग्यासको कम्तीमा एक प्रतिशत हिस्सा ओगट्नुपर्ने व्यवस्था गरेको थियो ।

    सरकारलेसन् २०२८ सम्म यसलाई पाँच प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । भारतले ऊर्जा आयातमाथिको भारी निर्भरता घटाउन पनि कदम चालेको छ । मध्यपूर्व द्वन्द्वको प्रभाव कम गर्न नयाँ दिल्लीले कच्चा तेल आपूर्तिकर्ताहरूको सङ्ख्या २७ बाट ४१ देशमा विस्तार गरेको छ, जसमा भेनेजुएला पनि समावेश छ भने रुस र केही अफ्रिकी राष्ट्रहरूबाट खरिद बढाएको छ । सरकारले गत महिना अपतटीय तेल र ग्यास अन्वेषणका लागि ८.८ अर्ब डलर वित्तीय सहयोग उपलब्ध गराउने बताएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend