काठमाडौं - भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच पश्चिम एशियामा चर्किएको युद्धका कारण खाडि मुलुकका धेरै तेल प्रशोधन केन्द्रहरुमा बमबारी हुनुका साथै विश्वभर तेल आपुर्ति हुने हर्मुज नाका बन्द भएपछि त्यसको असर विश्वव्यापी रुपमा परिरहेको छ ।
दिल्लीमा १९ केजी तौल क्षमताका व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुबाट बढेर २,०७८ भारु पुगेको छ । त्यस्तै, ५ केजी एफटीएल सिलिन्डरको मूल्य ५१ रुपयेले बढेर ५४९ भारु कायम गरिएको छ । कोलकातामा १९ केजी व्यावसायिक सिलिन्डरको मूल्य २१८ रुपयेले बढेको छ ।
यद्यपि, घरेलु प्रयोगका लागि १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् राखिएको छ । दिल्लीमा यसको मूल्य ९१३ भारु कायम छ, जुन पछिल्लोपटक मार्च ७ मा ६० भारुले बढाइएको थियो ।
यसैबीच, आजैदेखि हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ । दिल्लीमा हवाइ इन्धनको मूल्य प्रतिकिलो लिटर २,०७,३४१. २२ भारु पुगेको छ भने कोलकातामा २,०५,९५३.३३ पैसा कायम गरिएको छ । मुम्बईमा १,९४,९६८ भारु र चेन्नईमा २,१४,५९७ भारु पुगेको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । यसअघि ८१६ भारु रहेको मूल्य बढेर १,६९० भारु पुगेको छ । पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र कच्चा तेलको मूल्य वृद्धिका कारण इन्धनको मूल्य बढेको बताइएको छ । सरकारका अनुसार देशभर इन्धन आपूर्ति भने सहज रहेको छ र पेट्रोल पम्पहरूमा पर्याप्त भण्डारण उपलब्ध छ । - एएनआई
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।