काठमान्डौ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल ८१ लाख ६४ हजार ९२३ मतगणना सम्पन्न गरेको छ। समानुपातिकतर्फ दुई तिहाइभन्दा बढी मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३९ लाख ३८ हजार ५५८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ।
रास्वपाको यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको तुलनामा झण्डै तीन गुणा बढी हो । कांग्रेसले १३ लाख २७ हजार १२२ मत पाएको छ । नेकपा (एमाले)ले भने ११ लाख २५ हजार ७०४ मतसहित तेस्रो स्थानमा रहेको छ। नेपाल कम्युनिष्ट पार्टी ५ लाख ७८ हजार ४३४ मत प्राप्त गर्दै चौथो स्थानमा छ ।
त्यसैगरी, श्रम संस्कृति पार्टी २ लाख ८५ हजार ५६७ मतका साथ पाँचौँमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ लाख ७२ हजार ६५२ मतका साथ छैठौँ स्थानमा छ । जनता समाजवादी पार्टी (जसपा), नेपालले १ लाख २२ हजार ४६६ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १३ हजार ७९७ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मात्रै समानुपातिकको मत गणना शुरू हुन बाँकी रहेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।