काठमाडौँ - प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १७ स्थानमा जित हासिल गरेको छ । १६५ स्थानमा भएको प्रत्यक्षतर्फ यसअघिको सबैभन्दा ठूलो दल कांग्रेसले यसपालि मात्र १७ सिटमा चित्त बुझाएको हो । यी १७ सिटमा एक जनामात्र महिला निर्वाचित भएकी छिन् ।
दैलेखबाट बासना थापामात्र निर्वाचित हुँदा बाँकी १६ निर्वाचित सांसदहरु पुरुष हुन् । कोशी प्रदेशका जिल्लाहरुमा तेह्रथुमबाट सन्तोष सुब्बा, पाँचथरबाट नरेन्द्रकुमार केरुङ, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की निर्वाचित भए ।
मधेसबाट रौतहट १ का उम्मेदवार मोहम्मद फिरदोश आलममात्र विजयी भए । बागमती प्रदेशतर्फ रसुवाका मोहन आचार्य निर्वाचित भए । गण्डकी प्रदेशका मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भए ।
लुम्बिनी प्रदेशका पाल्पा १ बाट सन्दीप राना, कपिलबस्तु ३ बाट अभिषेकप्रताप शाह निर्वाचित भए । कर्णाली प्रदेशमा मुगुका खड्ग शाही, हुम्लाका जयपति रोकाया, जाजरकोटका खडकबहादुर बुढा, सुर्खेत १ बाट विष्णुबहादुर खड्का र दैलेख १ बाट बासना थापा निर्वाचित भइन् ।
सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, अछामबाट भरतकुमार स्वार, डोटीबाट भरतबहादुर खड्का निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।