बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

चारजना मन्त्रीले राजीनामा दिएपछि बागमती कांग्रेसमा बबण्डर !

चारजना मन्त्रीले राजीनामा दिएपछि बागमती कांग्रेसमा बबण्डर !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १० २०८२

  • 4.9K
    SHARES

  • चारजना मन्त्रीले राजीनामा दिएपछि बागमती कांग्रेसमा बबण्डर !

    काठमाडौं -  वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासँग असन्तुष्ट कांग्रेसका चारजना मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा बबण्डर भएको छ। कांग्रेसले मुख्यमन्त्री फेर्ने प्रयासस्वरुप मन्त्रीहरुले राजीनामा दिएपछि कांग्रेसमा बबण्डर भएको हो।

    मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरु उनीसँग पहिला देखिनै मन्त्रीहरु रुष्ट थिए । कांग्रेस नेतृत्व पनि उनलाई निरन्तरता दिने पक्षमा नरहेको बुझिएको छ ।

    सभापति शेरबहादुर देउवाले लामालाई राजीनामा गर्न सुझाव दिए पनि उनले नमानेको स्रोतले जानकारी दिएको छ। कांग्रेसले लामाको स्थानमा इन्द्र बानियालाई नयाँ मुख्यमन्त्री बनाउन चाहेको छ ।

    बानिया बाग्मती कांग्रेसका प्रदेश सभापति पनि हुन् । २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बाग्मतीमा कांग्रेस र एमालेका गठवन्धन सरकार छ । कांग्रेसका ३७ जना सांसद रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend