आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सरकारको विकल्प खोजेका छैनौं : गगन थापा

सरकारको विकल्प खोजेका छैनौं : गगन थापा

  • मिडिया डबली डेक्स
  • मंगलवार, बैशाख २ २०८२

  • 1.2K
    SHARES

  • सरकारको विकल्प खोजेका छैनौं : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताएका छन्।

    मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

    ‘पार्टी सरकारमा गएको छ। जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन। त्यसले सिर्जना गरेको असन्तुष्टि छ,’ उनले भने, ‘जहाँ समस्या सिर्जना भएको छ समाधान गर्नुपर्छ।’

    उनले अहिले पनि कांग्रेसको नेता कुनै ठाउँमा उभिँदा जनताले भरोसा गर्नुपर्ने अवस्था देखिनुपर्नेमा त्यस्तो नभएको बताए।

    ‘कांग्रेसले देशलाई भरोसा दिन सक्छ कि सक्दैन? जे जति गुनासा छन् सम्हाल्छौं भनेर भन्न सक्नुपर्छ। कांग्रेसको नेता उभिँदा जनताले भरोसा गर्नुपर्छ,’ उनले भने।

    उनले सरकारको गति ठिक नभएको बताउँदै तर विकल्प भने नखोजिएको बताए।

    ‘सरकारको गति नै भएन। ट्याक्टरको गतिमा गयो। तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन्। एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ। गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ। तर, अहिले त्यस्तो देखिएन। सुरुको चरणमा जोतिएर काम गरेको पनि हुँ । देशमा दैनिक माहोल बनाउन युद्धस्तरमा काम गर्नुपर्ने थियो। कता कता जोश र उत्साह नेतृत्वबाट भएन।  हामी कसरी चिर्ने भन्ने अलमलमा छौं। कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौँ।

    उनले यही गठबन्धनबाटै काम गर्नुपर्ने बताउँदै भने, “हामी सरकारलाई मद्दत गर्न चाहेका छौँ परिणाम दिन चाहेका छौँ ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend