काठमाण्डौ । सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज आइतवार घटबढ भएन ।
आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ तोलाको एक हजार नौ सय १० रुपैयाँ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।