काठमाडौँ- आज तोलामा २४ सयले बढेर ९७ हजार ८ सय पुगेको छापावाल सुनको मूल्य शुक्रबार ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजावी सुनको मूल्य पनि बढेर तोलामा ९८ हजार एक सय रुपैयाँ कायम रहेको छ । यसै गरी चाँदीको पनि बिहीबारको तुलनामा मूल्य बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको हो ।
यस अघि सुन तोलाको एक लाख ३५ सय र चाँदी साढे १४ सय रुपैयाँ पुगेर कीर्तिमान राखेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।