काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
बुधबार सुन एक लाख चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार तीन सय कायम भएको छ । तेजाबी सुन तोलामा १६ सय रुपैयाँ नै घटेको छ ।
यस्तै, चाँदी बिहीबार तोलामा पाँच रुपैयाँ घटेको छ । बुधबार १३ सय ६५ रुपैयाँमा कारोबार भएकोमा बिहीबार १३ सय ६० रुपैयाँ कायम भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।