काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार ह्वात्तै बढेको सुनको मूल्य शुक्रबार तोलामा सात सयले घटेको नोपल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार छापावाल सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सात सयले घटेर ९६ हजार नौ सय कायम भएको महासंघले जनाएको हो।
तेजाबी सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।