आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेताको गति र मतिसँग नागरिक असन्तुष्ट : गगन थापा

नेताको गति र मतिसँग नागरिक असन्तुष्ट : गगन थापा

  • मिडिया डबली डेक्स
  • मंगलवार, पौष २३ २०८१

  • 1.0K
    SHARES

  • नेताको गति र मतिसँग नागरिक असन्तुष्ट : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताका गति र मतिसँग नागरिक सन्तुष्ट हुन नसकेको टिप्पणी गरेका छन्।

    प्रजातन्त्र सेनानी संघको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यही कारणले नागरिकमा निराशा पैदा गरेको बताए।

    ‘विदेशमा एक घण्टामा हुने काम हामीकहाँ एक वर्ष लाग्छ। यसलाई हामीले सुधार गर्नैपर्छ।’ थापाले भने, ‘अर्को विषय भनेको नेतृत्वकर्ताको मति हो जुन भ्रष्टाचारसँग जोडिएको छ। भ्रष्टाचार न्यून गर्न लाग्नै पर्छ अनि मात्र आम नागरिकमा देखिएको निराशा चिर्न सफल हुन सकिन्छ।’

    उनले जतिसुकै शक्तिशाली भए पनि सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गर्ने मान्छेलाई सरकारले छाड्दैन भन्ने सन्देश दिनुपर्ने बताए।

    ‘भ्रष्टाचारले गाँजेकाले ठिक गति समात्न सकिएको छैन। भ्रष्टाचार न्यून गर्न लाग्नै पर्छ। पार्टीभित्र  र नेपाली जनताले सुनेका काण्ड सबैको छानबिन हुनुपर्छ। वाइडबडी होस् कि लडाकु शिविर, ललितानिवास होस् कि गिरीबन्धु सबैलाई अनुसन्धानको दायरामा ल्याएर हामीले आम नागरिकलाई विश्वास दिलाउन सक्नुपर्छ। थापाले भने, ‘जुनसुकै पार्टीको मन्त्रीले गलत काम गरे पनि प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्न सक्ने ल्याकत राख्नुपर्छ। अनि मात्र केही सुधार गर्न सकिन्छ।’

    अहिले स्थानीय तह, प्रदेश र संघमा कांग्रेस सरकारमा रहेको भन्दै काम भएन भनेर गनगन गर्ने छुट नभएको उनले बताए।

    ‘जताततै सरकारको जिम्मा हामीले लिने अनि यो भएन भनेर गनगन गर्न मिल्दैन। ८४ मा होइन अहिले नै गर्नुपर्छ। काम गरेर देखाउन तीन वर्ष पर्याप्त छ। थापाले भने, ‘ छोटो समयमा वीपी र गिरिजा सरकारले काम गरेको जस्तै गरी ८४ को चुनावमा जाँदा तीन वर्षमा हामीले यो–यो गर्‍यौं भनेर गन्न पाउनुपर्छ। हामीले एउटा मानक बनाउनै पर्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend