बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कुकुर मारेर भिडियो फेसबुकमा पोष्ट गर्ने दुई जना पक्राउ

कुकुर मारेर भिडियो फेसबुकमा पोष्ट गर्ने दुई जना पक्राउ

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष १८ २०८१

  • 834
    SHARES

  • कुकुर मारेर भिडियो फेसबुकमा पोष्ट गर्ने दुई जना पक्राउ

    नवलपुर  । पाँच वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका –५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारु मगर र  सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी मगर रहेका छन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले दिएको जानकारी अनुसार अमन र  राजकुमारले नारायणी नदीको छेउ ठांडीघाटस्थित ५ नम्बर ठोक्कर नदीको छेउमा पुस १३ गते कुकुर र कुकुरका बच्चा मार्दै गरेकोमा भिडियो बनाई आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेका थिए। 

    भिडियो सार्वजनिक भएपछि कुकुर मार्नेहरुको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने आवाज चर्को गरी उठेको थियो।  यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उल्लङघन देखिएको भन्दै सो कसुरमा संलग्न दुई जनालाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिए। 

    उनीहरुलाई जिल्ला अदालत परासीबाट पशुपन्छीसम्बन्धी कसुरमा सात दिनको म्याद थपी  इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७१०:०२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend