काठमाडौं- निषेधाज्ञाकाको समयमा होम डेलिभरी सेवा दिइरहेका विभिन्न कम्पनीका ८० जनालाई प्रहरीले पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै फुडमाण्डुका छन्। फुडमाण्डुका मात्रै २९ मोटरसाइकलसहित २९ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
यस्तै फुडल्याण्ड, दराज अनलाइन, अनलाइन केक, नयाँ डटकम, भोजविल, स्वादिष्ट फुड, भ्यालि कम्प्लेक्स, डल्ले रेष्टुरेन्ट, स्वादिष्ट होम डेलिभरी, सोचेको डटकम, राशन मार्ट केकमाण्डु, केकमाण्डु लगायतका कर्मचारी पक्राउ परेका छन्।
निषेधाज्ञा जारी भएसँगै सरकारले अनलाईन किनमेलमार्फत होमडेलीभरिको सेवा समेत बन्द गरेको थियो ।
होम डेलिभरी सेवा दिइरहेका राजधानिका २५ वटा कम्पनीका ८० जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट एउटा गाडी र ५९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।