काठमाडौं- जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले लागु औषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११ बस्ने बिशाल धमाल रहेका छन् । २७ वर्षीय बिशालले बैंकको जागिर छाडेर लागु औषध कारोबार शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बिशालको कोठाबाट प्रहरीले ३ केजी ४ सय ग्राम गाँजा, ३ सय ग्राम चरेश, ३ सय क्याप्सुल ट्रामाडोल चक्की र लागु औषध तौल गर्ने तराजु बरामद गरेको छ ।
उनलाई लागु औषध नियन्त्रण ऐन–०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान शुरु गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।