बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नाबालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, देवर भाउजु पक्राउ

नाबालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, देवर भाउजु पक्राउ

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 8.0K
    SHARES

  • नाबालिकालाई  बन्धक बनाएर जबरजस्ती करणी, देवर भाउजु पक्राउ
    सांकेतिक तस्बिर

    ताप्लेजुङ- फुङलिङ नगरपालिका–४ का ३५ वर्षीय शंकर लुइटेल र ३८ वर्षीया गोमा कार्की लुइटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नाबालिकालाई अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले देवर भाउजुलाई पक्राउ गरेको हो ।

     शंकर र गोमा नाताले देवर भाउजु हुन् । परिवारको जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी महेन्द्र श्रेष्ठले बताए । परिवारको जाहेरीमा २०७५ मंसिर १० गते नाबालिकालाई प्रलोभनमा पारी झापा लगेर करणी गरेको, मंसिर १३ गते काठमाडौं गुह्येश्वरी मन्दिरमा लगेर विवाह गरेको उल्लेख छ ।

    विवाह गरेपछि पुनः झापास्थित घरमा ल्याई २०७६ चैत्र ७ गतेसम्म शरीर बन्धक बनाई करणी गर्दै आएको र बालिका उम्किन सफल भएर फुपुको घरमा पुगेको जाहेरीमा उल्लेख गरिएको डीएसपी श्रेष्ठले बताए । दुवै जनालाई साउन ८ गते नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १३ २०७७०३:२४:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend