आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

टी–२० विश्वकप : भारतको सानदार जित, आयरल्याण्ड स्तब्ध

टी–२० विश्वकप : भारतको सानदार जित, आयरल्याण्ड स्तब्ध

  • मिडिया डबली
  • बिहिवार, जेठ २४ २०८१

  • 3.0K
    SHARES

  • टी–२० विश्वकप : भारतको सानदार जित, आयरल्याण्ड स्तब्ध

    काठमाडौं - आइसीसी टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ।

    आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले अर्धसतक प्रहार गरे । ३७ बलको सामना गरेका शर्माले चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै रिसब पन्तले ३६ रन बनाए ।

    ओपनिङ गर्न आएका विराट कोहलीको ब्याट भने चल्न सकेन । उनी पाँच बलमा एक रन बनाएर आउट भएका थिए । आयरल्याण्डका लागि बेन्जामिन वाइट र मार्क एडेयरले एक/एक विकेट लिए ।

    त्यसअघि न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएका थिए ।

    उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाए ।

    ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाए । यता भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए । त्यस्तै अर्शदीप सिंह र जस्प्रीत बुमराहले दुई/दुई तथा अक्षर पटेल र मोहमद सिराजले एक/एक विकेट लिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend