काठमाडौं - नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नृपेश वादेले पार्टीकै बेइज्जत गरेका छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष वादे १५ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् ।
वादेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको हो ।
वडाध्यक्ष वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पाएपछि अख्तियारको टोलीले पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
वादेका चालकलाई पनि नियन्त्रणमा लिएको छ । उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिइएको हो । दुबैजनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।