बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बागमतीमा कांग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता

बागमतीमा कांग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता

  • मिडिया डबली
  • सोमवार, पौष २३ २०८०

  • 2.6K
    SHARES

  • बागमतीमा कांग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता

    काठमाडौं - बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी तथा एकीकृत समाजवादीका घनश्याम रिजालले मनोनयन दर्ता गरेका छन् ।

    सोमबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालय केहीबेरअघि उनीहरूले मनोनयन दर्ता गरेका हुन् ।

    मनोनयन दर्ताका बेला कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालगायत उपस्थित थिए ।

    नेपाली कांग्रेस बागमती प्रदेश कार्यलयबाट सुरू भएको र्याली सहित निर्वाचन आयोगको बागमती प्रदेश कार्यालयमा पुगि उम्मेद्बारी दर्ता गरिएको हो ।

    उम्मेदवारी दर्ता कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति माननीय ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकटेल, बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा, नेपाली कांग्रेस मकवानपुर वागमती प्रदेश उपसभापति चन्द्र महर्जन, र ललितपुर पार्टी सभापति बुद्ध लामा, जितेन्द्र श्रेष्ठ, बागमती प्रदेश माननीय कुन्दनराज कफ्ले, मीनकृष्ण महर्जन, माया श्रेष्ठ, हरिप्रभा खड्गी लागायतको सहभागितामा रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend