बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एमालेलाई सिट दिन नसकेपछि कांग्रेससँग रिस पोख्दै प्रचण्ड

एमालेलाई सिट दिन नसकेपछि कांग्रेससँग रिस पोख्दै प्रचण्ड

  • मिडिया डबली
  • आइतवार, पौष २२ २०८०

  • 3.4K
    SHARES

  • एमालेलाई सिट दिन नसकेपछि कांग्रेससँग रिस पोख्दै प्रचण्ड

    काठमाडौं - राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो रोल खेलिरहेका छन् ।

    यसअघि एमालेलाई तीन सिट दिनुपर्ने भन्दै उनले गठबन्धनमा विभाजन ल्याउन खोजेका थिए । अहिले फेरि उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उचालेर कांग्रेसलाई छिर्के हान्न खोजिरहेका छन् ।

    सबै दल एक्ला एक्लै लड्ने हो भने कांग्रेसले १७ र एमालेले दुई सिट जित्ने अवस्था छ । तर प्रचण्ड भने कांग्रेसलाई सम्मानजनक सिट दिन चाहिरहेका छैनन् ।

    उनकै कारण शनिबार रातिको वार्ता भाँडिएको नेताहरू बताउँछन् । अहिले एमालेलाई राष्ट्रिय सभामा सिट दिन सके केही गरी कांग्रेसले निहुँ खोजे एमालेको सहारामा कुर्सीमा टिक्छु भन्ने प्रचण्डले सोचेका छन् ।

    त्यही भएर उनले एमाले अध्यक्ष केपी ओलीलाई धेरै महत्व दिन खोजेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असन्तुष्टि नजनाएका भए प्रचण्डले ओलीलाई तीन दिने निश्चित थियो । तर सबैतिर विरोध भएपछि प्रचण्ड पछि हटेका हुन् ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार चार दलको बैठक बसेको थियो।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी छन्।

    शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट लिने गरी सहमतिको खाका भएको थियो। तर सिट बाँडफाँटको कुरा नमिलेपछि एकीकृत समाजवादीका नेताहरू बैठक छाडेर हिँडेका थिए ।

    आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न बोलाइएको बैठकमा गठबन्धन दलबीचमा सहमति नमिलेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाललगायत असन्तुष्ट भएर हिँडेका हुन् ।

    सहमतिअनुसार कोशीमा कांग्रेस र माओवादीले एक–एक, मधेशमा कांग्रेस र जसपाले एक–एक, सुदूरपश्चिममा कांग्रेस र माओवादीले एक–ए र लुम्बिनीमा कांग्रेस र माओवादीले एक–एक सिट पाउने अनौपचारिक सहमति भएको छ ।

    वाग्मती, गण्डकी र कर्णालीमा कांग्रेस र एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति हुन सकेको छैन । सोही विषयमा छलफल गर्न आज बैठक बसेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend