बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन१ को कहर, तर वास्तविक रिपोर्ट देखाउन चाहेन

चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन१ को कहर, तर वास्तविक रिपोर्ट देखाउन चाहेन

  • मिडिया डबली
  • सोमवार, पौष ९ २०८०

  • 1.9K
    SHARES

  • चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन१ को कहर, तर वास्तविक रिपोर्ट देखाउन चाहेन
    फाइल तस्वीर

    काठमाडौं - पछिल्लो समय चीनमा फेरि कोरोनाको महामारी फैलिएको छ । चार वर्षअघि २०१९ डिसेम्बरमा चीनको बुहानबाट कोरोना फैलिएको थियो ।

    जसले संसारलाई तवाह बनाएको थियो । अहिले फेरि चीनमै यो कोरोनाको नयाँ भाइरसको प्रादुर्भाव भएको छ । बेलायती पत्रिका डेली स्टारले आफ्नो एक रिपोर्टमा कोभिडको नयाँ भेरियन्टबाट चीनमा ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको जनाएको छ।

    तर चीनले भने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन । कतिसम्म भने कोरोनाबाट मृत्यु हुनेको शव जलाउन २४ वटा विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको रिपोर्टमा उल्लेख छ ।

    चीनमा हाल एक लाख १८ हजार ९७७ कोरोना भाइरसका पोजिटिभ केस रहेको बताइएको छ । जसमध्ये सात हजार ५५७ केस गम्भीर अवस्थाका छन्।

    चीनसँगै भारत, सिंगापुर, बेलायतलगायतका देशमा कोभिडको नयाँ सबभेरियन्ट जेएन१ तीव्ररुपमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले कोभिडको जेएन१ भेरियन्टलाई कम खतराको सूचीमा राखेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड पुष्टि भएको छ । जसमा कोडिभको सब–भेरियन्ट जेएन१ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एकै दिन ६२८ नयाँ संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या चार हजार ५४ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend