काठमाडौं - लामो समयपछि भारतमा फेरि कोरोना भाइरस देखापरेको छ ।
पछिल्लो २४ घन्टामा पाँचजनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा चारजना केरला र एकजना उत्तर प्रदेशका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा आइतवार ३३५ नयाँ केसहरू दर्ता भएका छन् ।
त्यसपछि सक्रिय केस बढेर १७ सय एक पुगेको छ। हालसम्म भारतमा चार करोड ५० लाख चार हजार ८१६ कोरोना संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३१६ पुगेको छ।
यस रोगबाट निको हुनेको संख्या चार करोड ४४ लाख ६९ हजार ७९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९८.८१ प्रतिशत र मृत्युदर १.१९ प्रतिशत छ । चार वर्षअघि चीनको बुहान सहरबाट उत्पत्ति भएको कोरोना भाइरसबाट विश्वमा लाखौं मानिस मरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।